८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

घरमा आगलागी हुँदा करिब २१ लाखको क्षति

सर्लाहीको हरिवनमा एक घरमा आगोले करिब २१ लाख बराबरको क्षति पुर्‍याएको छ। हरिवन नगरपालिका २ पाकरगाछीका मनहरि मैनालीको काठमो घरमा आगो लाग्दा ठूलो क्षति भएको हो।

काठको दुई तल्ले घरमा आगो लागेपछि घरका साथै घरभित्र रहेको फर्निचर, लत्ताकपडा, अन्नपात र नगद दुई लाख समेत गरी २० लाख ९५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।  

आगो लागेको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिवनबाट गएको प्रहरीको टोली, स्थानीयबासीको सहयोग र दमकलले आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी गराएका छन्।

आगोले कुनै मानवीय क्षति नपुगेको प्रहरीको भनाइ छ।

प्रकाशित: २८ असार २०७९ १३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App