कार्यालय प्रमुखको आर्थिक चलखेलका कारण कार्यालय सारेको आरोप भक्तपुरको जगातीस्थित यातायात व्यवस्था कार्यालय पीडितहरुले लगाएका छन्।
कार्यालय प्रमुख नेत्र भटराइले आर्थिक चलखेल गरी कार्यालय सारेको आरोप आइतबार पत्रकार सम्मेलन गरी उनीहरुले लगाएका छन्।
सम्मेलनमा पीडितकातर्फबाट लक्ष्मी कार्कीले आर्थिक चलखेलका कारणले कार्यालय सारेको दावी गरे। यातायात व्यवस्था कार्यालय सारेपछि पीडितहरुले विरोध जनाएका छन्।
कार्यालय अहिले अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमि भक्तपुरको राधेराधेबाट करिव पाँंच सय मिटर भित्र कालोपत्रे सडकसँंगै पुरानो घरमा सारिएको छ। कार्यालय यसअघि पाँचवर्षदेखि जगातीको राजु अवाको घरमा भाडामा थियो।
प्रकाशित: २६ असार २०७९ १०:४० आइतबार