१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

रामेछाप दुर्घटना: १२ जनाको मृत्यु, २५ घाइते

रामेछापको सुनापति गाँउपालिका वडा नम्बर पाँच लुभुघाट नजिकै बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। जिल्ला टाफिक प्रहरी कार्यालय रामेछापका प्रमुख सई चन्द्रकुमार श्रेष्ठका अनुसार रामेछापको सुनापति ३ हिलेबाट काठमाडाैंका लागि छुटेको बा३ ख८३९६ नम्बरको बस दुर्घटना भएको हो। 

अरनिको यातायातको बस सडकबाट करिब तीन सय मिटर तल खस्दा ९ जनाको घटनास्थलमै र ३ जनाको उपचारका सिलसिलामा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिए। 

उनका अनुसार गाडीमा सवार रहेका अन्य २५ जना घाइते भएका छन्। घटनास्थलमा ४ जना महिला र ५ जना पुरुषको मृत्यु भएको स्थानीयले बताएका छन्। मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।  

दुर्घटनाको जानकारी पाए लगत्तै सदरमुकाम मन्थलीबाट प्रमुख जिल्लाअधिकारीसहित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिसहितको टोली उद्धारका लागि पुगेको थियो।

प्रकाशित: २१ असार २०७९ ०८:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App