३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

मध्यपहाडी राजमार्गमा जताजतै पहिरो, यात्रुलाई सास्ती

खुर्कोट घुर्मि सडक खण्ड अन्तर्गत गोलञ्जोर गाँउपालिका ६ स्थित मध्यपहाडी राजमार्गको अक्करे भिरमा पहिरो झरेपछि बाटोमै रोकिएका सवारी। तस्विर: अनिल /नागरिक

खुर्कोट घुर्मि सडक खण्ड अन्तर्गत सिन्धुलीको गोलञ्जोर गाँउपालिका ६ अक्करेभिरमा यात्रुले सधै सास्ती खेप्नुपर्ने बाध्यता रहेको छ। मध्यपहाडी राजमार्ग अन्तर्गत अक्करेभिरमा पहिरो व्यवस्थापन गर्न नसक्दा सामान्य वर्षामा पनि सवारीले निकै सास्ती खेप्नुपर्ने बाध्यता भएको हो।  

झन्डै एकसाता देखि परेको अविरल वर्षाका कारण अक्करेभिरसहित मध्यपहाडी राजमार्गको ठाँउठाँउमा पहिरो खस्दा पुर्वी पहाडको यात्रा निकै कष्ठकर बनेको छ। खुर्कोट घुर्मि सडक खण्डको गोलञ्जोर गाँउपालिकास्थित अक्करे भिरमा पानी पर्नासाथ पहिरो खस्ने समस्याले यात्रुलाई हैरानी भएको छ। मध्यपहाडी राजमार्ग आयोजनाले उक्त स्थानमा पहिरो नियन्त्रण गर्न नसक्दा हालसम्म सो स्थानमा सडक कालोपत्रे समेत हुन सकेको छैन। 

अक्करेभिरमा कच्चि सडक र साघुरो सडक हुँदा सवारीलाई सधै जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। झ्यार पानी पर्न नपाउदै सवारीले उक्त स्थान पार गर्न नसक्ने अवस्था आउने सवारी चालक बताउछन्। मध्यपहाडी राजमार्गको खुर्कोट घुर्मि सडक खण्ड निर्माण पुरा भई बर्षौदेखि यातायात सञ्चालन हुदै आएपनि अक्करेभिर सहित अन्य विभिन्न स्थानमा हाल पहिरैपहिरो हुँदा यात्रा निकै कष्ठकर बनेको खोटाङबाट काठमाण्डौ जादै गरेका यात्रु रुपेश प्रधान बताउछन्।

निरन्तरतको बर्षाका कारण मध्यपहाडी राजमार्गको यात्रा कष्ठकर बनेको छ। राजमार्गको ठाँउठाँउमा पहिरो खस्दा खुर्कोट घुर्मि सडकखण्डको यात्रा कष्ठकर बनेको यात्रुहरुको भनाई छ।  झन्डै एकसाता देखि निरन्तर परेको वर्षाका कारण मध्यपहाडी राजमार्गको ठाँउठाँउमा पहिरो खसेको छ। पहिरो खसेपछि पुवी पहाड आवतजावत गर्ने यात्रुहरुको यात्रा कष्ठकर बनेको हो। राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा दैनिक सडक अवरुद्ध हुने समस्या रहेको स्थानिय बताउछन्। 

सामान्य वर्षामा पनि राजमार्गको विभिन्न स्थानमा पहिरो खस्ने समस्या छ, स्थानिय गौरब कार्की भन्छन्, अक्करेभिर सधैँको सास्ती भएको छ। पहिरोका कारण दैनिक सडक अवरुद्ध हुँदा पूर्वी पहाडका ओखलढुङगा, सोलुखुम्बु, उदयपुर खोटाङ भोजपुर लगायतका जिल्लाबा काठमाण्ठौ आवतजावत गर्ने सवारीलाई घण्टौसम्म सडकमै कुर्नुपर्ने अवस्था रहेको छ।

खुर्कोट घुर्मि सडक खण्ड अन्र्तगत फिक्कल गाँउपालिका ६ सोखुखोलामा लामो समयदेखि निर्माणधिन पुल अलपत्र हुँदा सो खोलामा आएको बाढीले समेत सवारीलाई सास्ती दिने गरेको छ। सामान्य बर्षामै आउने बाढीले यातायातका साधन रोकिदा घण्टौसम्म यात्रुहरुले सडकमै कुर्नुपर्ने बाध्यता रहेको यात्रुहरुको गुनासो छ।

आइतबार सोमबार वर्षाका कारण अक्करेभिर सोखुखोला लगायतका स्थानमा सवारीलाई निकै सास्ती खेप्नुपरेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ। मध्यपहाडी राजमार्गको विभिन्न स्थानमा दैनिक पहिरो खसेर यातायात अवरुद्ध भएको हामीलाई गुनासो आउछ, प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीका प्रमुख देवनारायणप्रसाद यादबले भने, हाम्रो कार्यक्षेत्र नभएपनि हामीलाई सडक खुलाइदिन भन्दै गुनासो आउछ बर्षायाममा दैनिक सडक खुलाउन लाग्नुपर्ने बाध्यता हुन्छ। 

प्रकाशित: ७ असार २०७९ १४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App