७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

रोकी राखेको ट्रकमा स्कार्पियो ठोकिँदा पाँच जना घाइते

चितवनमा रोकी राखेको ट्रकमा स्कार्पियो ठोकिँदा पाँच जना घाइते भएका छन्। आज (बिहीबार) बिहान ४ः२० को समयमा रत्ननगर नगरपालिका ३ बेल्सि पुल स्थित पूर्वपश्चिम राजमार्गमा रोकिएको ट्रकमा स्कार्पियो ठोकिएको हो।

पूर्वबाट पश्चिम तर्फ आउँदै गर्दा बिग्रेर सडक छेउमा रोकी राखेको ना ६ ख ५७१९ नं. को ट्रकलाई बाराबाट काठमाडौं जादै गरेको वि आर ०५ प ९९७४ नं. को स्कार्पियोले ठक्कर दिएको हो।

दुर्घटना हुँदा स्कार्पियोका चालक बाराको कलैया घर भएका राजिव प्रसाद कुर्मी, सोही ठाउँका राम बाबु साह, महमद बाबु खान, सिला देवी साह, र बाराको महागढीमाई रामजीप्रसाद साह घाइते भएका छन्। उनीहरूको उपचार पुरानो मेडिकल कलेज भरतपुरमा भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरुको अवस्था सामान्य रहेको छ। 

प्रकाशित: २६ जेष्ठ २०७९ ०१:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App