३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

दोलखाको जङ्गलमा पुरुष मृतावस्थामा फेला

दोलखाको भीमेश्वर नगरपालिका–२ को जङ्गलमा एक पुरुष मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार सोही वडा निवासी २८ वर्षीय बुद्धिमान तामाङको शव फेला परेको हो।

मृतक तामाङ जेठ २१ गतेदेखि घरपरिवारबाट सम्पर्कविहीन तामाङको शव आज बिहान नजिकैको जङ्गलमा फेला परेको प्रहरीले जनाएको छ। मृतक तामाङको अनुहार तथा शरीरको विभिन्न भागमा चोटपटक देखिएकाले भिरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

घटनास्थलमा प्रहरीको टोली पुगी स्थलगत अध्ययन गरेको र थप अनुसन्धान भइरहेको कार्यालयका प्रहरी निरीक्षक राजेश सिग्देलले बताए। मृतको शव हाल चरीकोटस्थित पशुपति स्मिृत अस्पतालमा राखिएको छ। रासस 

प्रकाशित: २४ जेष्ठ २०७९ ०९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App