८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

सात वर्षीया बालिकाकाे हत्या

सुर्खेतमा ७ वर्षीया बालिकाको हत्या गरिएको छ। गुर्भाकोट नगरपालिक – ५ मा सोमबार राति ७ वर्षीया गृष्मा विकको हत्या भएको हो। बालिकालाई बलात्कारपछि हत्या गरिएको आंशका गरिएको छ।

प्रहरीले शंकास्पद स्थानीय २० वर्षीय घनश्यान विकलाई अनुसन्धानका लागि हिरासतमा लिएको छ। प्रहरीले घटनाको स्थलगत रुपमा अनुसन्धान गरिरहेको बताएको छ। 

मृत अवस्थामा ७ वर्षीया बालिका फेला परेको र प्रहरी घटनास्थलमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले बताए। घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेकाले पूर्ण विवतरण नआईसकेको डिएसपी कार्कीले बताए। 

पोष्टमार्टमपछि बलात्कार भएनभएको रिर्पोट आउने प्रहरीले जनाएको छ। स्थानीयले मंगलबार विहान बालिकाको शव देखेको थिए। घरदेखि नजिकै मकै बारीमा बालिकाको शव फेला परेको स्थानीयहरु बताउँछन्।

प्रकाशित: २४ जेष्ठ २०७९ ०६:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App