२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

नदीजन्य पदार्थको उत्खननमा रोक

पाटन नगरपालिकाले नदीजन्य पदर्थाको उत्खननमा रोक लगाएको छ। सुर्नया नदीबाट नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको हो।

उक्त नदीबाट ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको उत्खननमा रोक लगाएको हो। नदीबाट अवैध तरिकाले नदीजन्य पदार्थको उत्खनन भइरहेकाले अर्को सूचना जारी नभए सम्मका लागि नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए।

नगरकार्यपालिकाको प्रथम बैठकले सुर्नया नदीमा भईरहेको प्राकृतिक श्रोतको दोहन रोक्न यो निर्णय गरेको हो। सुर्नया नदीबाट निर्वाध रुपमा ढुंगा, गिट्टी, बालुवा लगायतका सामग्री उत्खनन् हुँदा नदी प्रणालीमै समस्या आएकाले नगरपालिकाले यो निर्णय गरेको बताइएको छ। नदीजन्य पदार्थको व्यवस्थित तरिकाले उत्खननका लागि नगरपालिकाले कार्यविधि बनाउने र त्यसपछि ठेक्का प्रणाली मार्फत नदीजन्य पदार्थको उत्खनन गर्न दिने तयारी गरिएको छ।

नगरपालिकाले ठेक्का प्रणाली मार्फत निश्चित मापदण्डका आधारमा ढुंगा, बालुवा, गिट्टी उत्खनन गर्न दिनेछ। यसका लागि मापदण्ड बनाइने पाटन नगरपालिकाले जनाएको छ। यसैबीच विभिन्न निर्णयहरु पारित गर्दै पाटन नगरकार्यपालिकाको प्रथम बैठक सम्पन्न भएको छ। नगरपालिकाभित्र सेवाका लागि आउने नागरिकलाई सहयोग होस भनेर हेल्प डेस्क सञ्चालन गर्नुका साथै डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याउने निर्णय भएको छ।

यस्तै किसानहरुलाई भैँसीपालन व्यवसायमा आकर्षित गर्नका लागि अनिवार्य पशु बीमा कार्यक्रम सञ्चालन गर्ने, नगर क्षेत्रभित्रका छाप्राहरुलाई करको दायरमा ल्याउन विज्ञ समिति गठन गर्ने, नगर क्षेत्र भित्रका प्रत्येक विद्यालयमा योग शिक्षा सञ्चालन गर्ने, मुख्य बजारहरुमा महिनाको एक दिन हाट बजार सञ्चालन गर्ने र नगरपालिका कार्यालय सञ्चालनमा आवश्यक फर्निचर लगायतका सामग्री खरिद गर्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिने निर्णय भएको छ।

 नगर प्रमुख शैक्षिक कार्यक्रम अन्तर्गत विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउने, पूर्ण स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने, भारतमा काम गर्ने नगर क्षेत्रभित्रका मजदुरहरुको दुर्घटना बीमा गर्ने लगायतका निर्णय गरिएको छ।

प्रकाशित: २३ जेष्ठ २०७९ १४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App