नेकपा (एमाले) ले पुस १५ भित्र पार्टीका विभागहरूलाई विभागीय रिपोर्ट तयार गर्न निर्देशन दिएको छ ।
बुधबार पार्टी मुख्यालय च्यासलमा बसेको विभागका प्रमुख र सचिवहरूको संयुक्त बैठकले यस्तो निर्देशन दिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
'बैठकले पुस १५ गतेभित्र सबै विभागलाई विभागीय कामको रिपोर्ट तयार गर्न निर्देशन दिएको छ,' उनले भने ।
यस्तै बैठकले पार्टीका विरुद्धको घेराबन्दी र आक्रमणलाई दृढतापूर्वक सामना गर्ने र पार्टी तथा सरकारको कामलाई थप प्रभावकारी बनाउने सन्दर्भमा महत्त्वपूर्ण छलफल गरेको महासचिव पोखरेलले बताए ।
प्रकाशित: ३ पुस २०८१ २०:३४ बुधबार