१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

बेपत्ता दुई युवक मृत फेला

बैतडीमा बेपत्ता रहेका दुई युवक सोमबार मृत फेला परेका छन्। दशरथचन्द नगरपालिका–१ खिराका ३४ वर्षीय प्रेमसिंह रावत र सिगास गाउँपालिका–३ तल्लोइनारका १९ वर्षीय घनश्यामसिंह धामी अलगअलग ठाउँमा मृत फेला परेका हुन्।

जेठ १७ गतेदेखि बेपत्ता रहेका रावत आज स्थानीय एडा जंगलमा मृत फेला परेका बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक मोहन साउदले जानकारी दिए। रावतको शव सडेगलेको र भिरमा अड्किएको अवस्थामा भेटिएको हाे। बोल्न नसक्ने र सुस्त मनस्थितिका रावतको लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ। रावतको शव आफन्तको जिम्मा लगाइएको छ।

धामीको शव सिगास गाउँपालिका–३ कै सल्लेबगडमा छाप्रेको रूखमा झुन्डिएको अवस्थामा भेटिएको हो। उनको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। दुवै घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित: २३ जेष्ठ २०७९ १४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App