२४ चैत्र २०८१ आइतबार
image/svg+xml १३:२० अपराह्न
समाज

भारतबाट फर्केका तीन जनालाई कोरोना पुष्टि

नेपालगन्जस्थित नेपाल भारत सिमा नाका।

भारतबाट फर्किने नेपाली नागरिकमा कोरोना संक्रमण देखा परेको छ। भारतको रुपैडिहा हुँदै नेपालगन्ज आएका ३ जना व्यक्तिमा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।

‘केही दिन यता जमुनाहा नाकामा भारतका विभिन्न स्थानबाट आउने नेपालीहरुमा कोभिड पुष्टी भइरहेको छ,’ उनले भने। फोकल पर्सन ओलीका अनुसार सोमबार बिहान मात्र दैलेख, प्युठान र जाजरकोटका १/१ जना गरी ३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमण सुरु भएकाले मास्कको प्रयोग गर्न उनले सबैलाई आग्रह गरेका छन्।

प्रकाशित: २३ जेष्ठ २०७९ ०६:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App