१० वैशाख २०८२ बुधबार
image/svg+xml १०:५१ पूर्वाह्न
कला/संस्कृति

प्रज्ञाप्रतिष्ठानद्वारा विधागत प्रज्ञा पुरस्कारकाे घोषणा

नेपाल प्रज्ञाप्रतिष्ठानले २०८१ सालको विधागत प्रज्ञा पुरस्कार १० स्रष्टालाई प्रदान गर्ने घोषणा गरेको छ। प्रज्ञाप्रतिष्ठानले भाषा,साहित्य,सामाजिक शास्त्र, दर्शनशास्त्र, अनुवाद र संस्कृति लगायतका क्षेत्रमा विशेष योगदान गर्ने १० स्रष्टालाई जनही एक लाख राशिको पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्ति अनुसार यस वर्षको ‘प्रज्ञा भाषा पुरस्कार’ भाषाविद् चूडामणि रेग्मीलाई प्रदान गरिने भएको छ।

यसैगरी दिल साहनीलाई ‘प्रज्ञा सामाजिक शास्त्र पुरस्कार’, डिक बान्तावालाई ‘प्रज्ञा संस्कृति पुरस्कार’, शारदारमण नेपाललाई ‘प्रज्ञा बालसाहित्य पुरस्कार’ र जसराज किरातीलाई ‘प्रज्ञा साहित्य पुरस्कार (पद्य) प्रदान गरिने भएकाे छ।

त्यस्तै कृष्ण धरावासीलाई ‘प्रज्ञा साहित्य पुरस्कार (गद्य)’, डा. सुधा त्रिपाठीलाई ‘प्रज्ञा समालोचना पुरस्कार’ र गोपीरमण उपाध्यायलाई ‘प्रज्ञा दर्शन पुरस्कार’, बलराम अधिकारीलाई ‘प्रज्ञा अनुवाद पुरस्कार’ र भविलाल लामिछाने (भारत) लाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार’ प्रदान गरिने भएको छ।

प्राज्ञ चेतनाथ धमलाकाे अनुसार यसअघि, ‘मातृभाषा साहित्य पुरस्कार २०८१’ पहाडी र हिमाली क्षेत्रतर्फ गणेश वाम्बुले राई र तराई-मधेस क्षेत्रतर्फ कमलसिं रानालाई २०८१ फागुन ९ गते अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा प्रदान गरिसकिएको छ।

प्रकाशित: २४ चैत्र २०८१ १२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App