१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

बडिमालिकाको निर्णय: आइतबार बिदा नदिने, मार्तडी बजारमा सीसी क्यामरा जोड्ने

फोहर व्यवस्थानको विकल्प खोज्ने

बडिमालिका नगरपालिकाले संघीय सरकारको निर्णय कार्यान्वयन नगर्ने भएको छ। सरकारले परीक्षणका लागि जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा २ दिन बिदा दिने गरि गरेको निर्णय बडिमालिका नगरपालिकाले कार्यान्वयन नगर्ने भएको हो।

नगर कार्यपालिकाको पहिलो बैठकबाट शनिबार बिदा दिने र आइतबार सार्वजनिक विदा नदिने निणर्य गरेको बडिमालिका नगरपालिकाले निर्णय गरेको छ। आइतबारको दिनको सार्वजनिक विदाले नगरपालिकाको काममा प्रत्यक्ष असर पर्ने भन्दै सो दिन सार्वजनिक बिदा नदिने निणर्य गरेको नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले बताएका छन्।

सार्वजनिक बिदा गर्ने सरकारको निणर्यले विद्यालयको पठनपाठन, स्वास्थ्य संस्थामा उपचार गर्न आउने विरामी र कार्यालयको कामकाज प्रभावित हुने भएपछि २३ गतेबाट लागू हुने गरी आइतबारदेखि शुक्रबारसम्म साविककै समयमा कार्यालय र विद्यालय सञ्चालन गर्ने निणर्य गरेको नगरप्रमुख खड्काको भनाई छ।

मार्तडी बजारमा सिसी क्यामरा जडान गर्ने  

यस्तै बाजुरा जिल्ला सदरमुकाम मार्तडी बजारमा सिसीटीभी जडान गरिने भएको छ। बजार क्षेत्रको सुरक्षा र अपराधजन्य घटनाको निगरानीका लागि बडिमालिका नगरपालिकाले सीसीटीभी जडान गर्ने निर्णय गरेको हो।  

नगरपालिकाले सदरमुकाम मार्तडी बजार क्षेत्रमा हुन सक्ने सम्भावित चोरी डकैति जस्ता अपराध नियन्त्रण एंव बजार शान्ति सुरक्षामा सहयोग पुर्याउन सीसी टिभी जडान गरिने भएको हो।

सुरक्षानिकाय एंव बजार व्यवस्थापन समितिसंग समन्वय गरेर हाललाई सुरक्षाको दृष्टिकोणले अति सम्वेदनशिल क्षेत्रमा जडान गर्ने निर्णय गरेको नगर प्रवक्ता धर्मराज पाध्यायले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्।

फोहर व्यवस्थापनका लागि साइट खाज्ने  

सदरमुकाममार्तडीको फोहोर व्यवस्थापनको लागि थुवा काधमा बनाईएको ल्याण्डफिल्ड साईटको बिल्कल्प खोजिने भएको छ।सदरमुकामको प्रवेशद्धारमै फोर फाल्ने ल्याण्डफिल्ड साईट निर्माणले मानव स्वास्थ्य देखीजिल्लाको सौन्दर्यता र सिष्टतालाई जनाउने भएकोले बिकल्प खोज्न लागिएको हो।

वडाध्यक्ष धर्मराज पाध्यायको संयोजगत्वमा ४ जना कार्यपालिका सदस्य १ जना बजार व्यवस्थापन समिति र १ जनाप्राबिधिक गरी प्रारम्भिक समिति गठन गरिएको छ।

समितिमा ८ नम्बर वडा अध्यक्ष चन्द्रबहादुर थापा, वडा नम्बर ९ का वडा अध्यक्ष सुर्यकिरण बिक, कार्यपालिका सदस्य बुदे ल्वार त्यसै गरी निर्मला बडुवाल एक जना बजार व्यवस्थापन समितिका प्रतिनिधि र सदस्य सचिवका रुपमा नगरपालिकाका प्राबिधिक शंकर कुमार खड्का रहेका छन्।

प्रारम्भिक समितिलाई असार मसान्तसम्म रिर्पोट बुझाई सक्ने गरि कमिटीलाई जिम्मा दिएको बडिमालिकाका नगरप्रमुख अम्मर खड्काले बताएका छन्। सदरमुकामको मुल गेटमै फोहोरका डुंगुर र फोहोर जलाउदा निस्कने धुवाँले प्रत्यक्ष असर पर्ने भएका कारण बिगतदेखि नै गुनासो हुँदै आएको थियो।  

बडिमालिकाको नगर प्रवक्तामा धर्मराज पाध्याय

बडिमालिका नगरपालिकाको प्रवक्ताको जिम्मेवारी धर्मराज पाध्यायलाई तोकेको छ। बडीमालिकाको नवनिर्वाचित कार्यपालिकाको पहिलो बैठकले बडिमालिका ७का वडाध्यक्ष समेत रहेका पाध्यायलाई नगरको प्रवक्ताको जिम्मेवारी दिएको हो।

नगरपालिकाकाआधिकारिक निर्णयहरू वक्तव्य सार्वजनिकीकरण प्रयोजनका लागि वडा अध्यक्ष पाध्यायलाई नगर प्रवक्ताको जिम्मेवारीमा तोकिएको नगरप्रमुख अमर बहादुर खड्काले बताएका छन्। पाध्याय दोस्रो कार्यकाल वडा अध्यक्ष जितेका हुन्।

प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य समेत रहेका पाध्याय पत्रकारिता क्षेत्रबाट राजनीति रोजेका हुन्। मिडियासँगकाे राम्रो सम्बन्ध र सहकार्य राख्न सक्ने, पालिकाको आधिकारीकधारणा समेत प्रष्ट राख्न सक्ने भएकोले पाध्यायलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो। पाध्याय नेकपा एमाले बडिमालिका नगर कमिटीका अध्यक्ष समेत हुन्।  

उपसमिति गठन

नगरको काम कारवाहीलाई सहज बनाउन बिभिन्न उपसमिति गठन गरेको छ। नगर कार्यपालिकाको पहिलो बैठकले विषयगत उपसमिति गठन गरेको हो। नगरको सुपरिवेक्षण समितिमा उपप्रमुख नन्दा थापा संयोजक रहने गरी ६ सदस्यीय गठन गरेको छ।

नगर शिक्षा समितिको संयोजकमा नगर प्रमुख अमर बहादुर खड्का संयोजक रहने गरी ११ सदस्यीय बनाइएको छ। स्थानीय राजश्व परामर्श समितिको संयोजकमा नन्दाथापा रहने गरी ५ जना सदस्य राखिएको छ।

श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिमा नगर प्रमुख अमर खड्काको संयोजकत्वमा ७ जनाको समिति गठन गरेको छ। समितिले तत्कालकाम सुरु गरि जिम्मेवारी पुरा गर्न कार्य अधिकार पनि दिइसकेको छ।

प्रकाशित: १९ जेष्ठ २०७९ ०४:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App