१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइयो

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइएको छ।

तारा एयरले विज्ञप्ति जारी गर्दै हालसम्म २२ मध्ये २१ जनाको शव फेला परेको छ। जसमध्ये १० जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएकाे जानकारी गराएको छ।

ल्याइएका शवहरु त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लगिने तारा एयरले जनाएको छ।

आइतबार तारा एयरको ट्वीनअटर विमान दुर्घटना हुदाँ उक्त विमानका सबै २२ जना यात्रुको मृत्यु भएको थियो।

प्रकाशित: १६ जेष्ठ २०७९ १३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App