८ वैशाख २०८१ शनिबार
समाज

सेन्ट लरेन्स कलेजका विद्यार्थीद्वारा विरोध प्रदर्शन

सेन्ट लरेन्स कलेजका विद्यार्थीले शिक्षकहरुले छात्रामाथि गरेको यौन दुर्व्यवहारविरुद्ध विरोध प्रदर्शन गरेका छन्।

बिहीबार काठमाडौंको माईतीघर मण्डलामा कलेजका विद्यार्थीले विद्यालयका एक शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनमा हामीलाई न्याय चाहिन्छ, महिलालाई सम्मान गरौँ लगायतका नारा लगाएर विरोध प्रदर्शन गरेका थिए। विद्यार्थीहरुले यौन दुर्व्यवहार गर्ने शिक्षाकलाई तत्काल कारबाही गर्न माग गरेका छन्।

विरोध प्रदर्शनमा बोल्दै आन्दोलनरत विद्यार्थी प्रशंसा रायमाझीले गत तीन महिनादेखि विद्यार्थीलाई एक शिक्षकले अफिसमा बोलाएर यौन दुर्व्यवहार गरेको बताइन्।

विद्यार्थीहरुले महिला विद्यार्थीमाथि कुदृष्टिले हेर्ने शिक्षकलाई कारबाही गर्न माग गर्दै केही समय यता विरोध प्रदर्शन गरिरहेका छन्।

प्रकाशित: १२ जेष्ठ २०७९ १२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App