कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदको विकासका लागि प्रदेश सरकारले सदैव सहयोग गर्ने बताएका छन्।
धरान उपमहानगरपालिका–१२ स्थित मेघा हिमालयन कलेजमा आज सुरु भएकोे रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता उद्घाटन गर्दै उनले खेलकुद बोर्डबाट हुन सक्ने सबै सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
'बजेटले मात्र खेलकुदको विकास हुँदैन, व्यवस्थापन सही हुनुपर्छ, नीति तर्जुमा हुनुपर्ने साथै प्रशिक्षकहरु पनि राम्रो हुनुपर्छ, त्यसका लागि हामी सहयोग गर्छौं,' मुख्यमन्त्री कार्कीले भने।
प्रकाशित: १ पुस २०८१ १७:२१ सोमबार