८ वैशाख २०८१ शनिबार
समाज

भक्तपुरमा बालेनसँंग विजुक्छेको भेट

भक्तपुर पुगेका बोलन नेमकिपाको नेता योगेन्द्रमान विजुक्छेंंलगायतका नेताहरुसँंग।

नेपाल मजदुर किसान पार्टी र उसले जित्दै आएको भक्तपुर नगरपालिकाको कामप्रति प्रभावित काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाह बिहान भक्तपुर नगरपालिका वडा नं २ व्यासीस्थित भक्तपुर नगरपालिकाको कार्यालयमा पुगेका हुन्।

बालेन त्यहाँं करिब आधा घण्टा बसेर भक्तपुर नगरपालिकाका काम कारबाहीबारे जानकारी लिएका थिए। उनलाई भक्तपुर नगरपालिकाका कार्यबाहक प्रमुख एवं भक्तपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष प्रेमगोपाल कर्माचार्य लगायतले सहयोग गरेका थिए।

उनले त्यहाँं पुगेर नेपाल मजदुर किसान पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरुलाई पनि भेटेका थिए। उनले पार्टीका नेता एवं पार्टीको तर्फबाट भक्तपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्षका उम्मेदवार योगेन्द्रमान विजुक्छे, भक्तपुर नगरपालिका वडा नं २ का नवनिर्वाचित वडा अध्यक्ष हरिप्रसाद बासुकला, भक्तपुर नगरपालिकाका कार्यबाहक प्रमुख प्रेमगोपाल कर्माचार्य लगायतसँंग भलाकुसारी गरेका थिए।

यस्तै बालेनसँंग अनौपचारिक भेटघाट गरेको नेमकिपा नेता योगेन्द्रमान विजुक्छेले बालेनले पार्टी अध्यक्ष नारायणमान विजुक्छेंसँंग पनि भेटघाट गर्न चाहेको बताए। तर अध्यक्ष ज्यूको बेफुर्सदीले 'उहाँंले भेटन् पाउनुभएन, नगारिकसंग कुराकानी गर्दै नेता योगेन्द्रमानले भने, पछि फुर्सद् मिलाएर भेटघाट गर्ने कुरा भएको छ।'

नेता योगन्द्रमान पार्टी केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छेंका कान्छो भाइ एवं नेमकिपाबाट भक्तपुर नगरपालिका वडा नं ५ बाट वडा अध्यक्षमा उम्मेदवारी दिएका उम्मेदवार हुन्। काठमाडौं महानगरपालिकाको मत परिणाम निरन्तर आफूतिर आइरहेको बेला उम्मेदवार बालेन बिहान नौ बजे यहाँं पुगेका थिए। उनले आफ्नो काठमाडौं महानगरपालिका र यता भक्तपुरमा नेमकिपाको पक्षमा मतको लहर छाएकोले खुशी साट्न आएको बताए।

भक्तपुर नगरपालिकाको मतगणना नगरपालिकाका कार्यालयमा भइरहेको छ। यही कारण बालेनले त्यहाँं फुर्सदमा रहेका पार्टीका धेरै नेता तथा कार्यकर्ताहरुसँंग अनौपचारिक भेटघाट गरेका थिए। साथै उनले आफूसँंग सेल्फी खिच्न चाहनेहरुसँंग पनि सेल्फी खिचेका थिए। बालेनले त्यस अवसरमा आफू काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भए भक्तपुरसँंग सहकार्य गर्दै सिक्दै काम गर्न चाहेको बताएको भेटघाटमा संलग्न पार्टी नेताहरुले बताए।

बालेन भक्तपुर नगरपालिका र नेपाल मजदुर किसान पार्टीबाट प्रभावित छन्। यही कारण उनी भक्तपुर आएका हुनसक्ने अनुमान गरिएको छ। आफूले कुनै पार्टी रोज्नुपर्दा कुन पार्टी रोज्नुहुन्छ? भन्ने पत्रकारहरुको जिज्ञासामा उनले नेपाल मजदुर किसान पार्टी रोज्छु भन्दै आएका छन्।

साथै उनले नेपाल मजदुर किसान पार्टीले जितको भक्तपुर नगरपालिका उदाहरणीय नगरपालिका भएको पनि भन्दै आएका छन्। आफू काठमाडौ महानगरपालिकाको मेयरमा विजयी भए भक्तपुरमा जस्तो काम गर्ने उनले बताउँदै आएका छन्। भक्तपुर जस्तो सफा, कला संस्कृति जगेर्ना गर्ने नगरपालिका बनाउँंछु भनि उनले अन्तर्वार्तामा भन्दै आएका छन्।

प्रकाशित: १ जेष्ठ २०७९ १३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App