२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इलाममा १ सय १० वर्षीया विष्णुमायाले गरिन् मतदान

इलाममा एक सय १० वर्षीया ज्येष्ठ नागरिकले मतदान गरेकी छिन्। सूर्याेदय नगरपालिका–१४, बतासेस्थित सरस्वती मावि केन्द्रमा विष्णुमाया अधिकारीले मतदान गरेकी हुन्।

फोटोसहितको मतदाता नामावली अनुसार विष्णुमायाको जन्ममिति १९६९ चैत १० हो। जिल्ला प्रशासन कार्यालयका अधिकृत यादव राउतले अहिलेसम्मको जानकारी अनुसार इलामका मतदान केन्द्रमा मतदान गर्नेमध्ये विष्णुमाया नै सबैभन्दा ज्येष्ठ नागरिक हुन्।

फाकफोकथुम गाउँपालिकामा पनि १ सय २ वर्षीया महिलाले मतदान गरेकी छिन्। फाकफोकथुम गाउँपालिका–१ को जनज्योति आधारभूत विद्यालय केन्द्रमा जसरानी लिम्बुनीले मतदान गरेकी हुन्। नागरिकताको प्रमाणपत्र अनुसार उनको जन्म मिति १९७६ असार २ गते हो।

प्रकाशित: ३० वैशाख २०७९ ०९:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App