१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

रोल्पामा मतदान अधिकृतलाई तालिम

वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा खटिने रोल्पाका ३४५ मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ। दुई दिनसम्म चलेको तालिममा मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतपेटिका राख्ने ठाउँ, रुजु गर्ने तथा मतदान केन्द्र निर्माण गर्ने तरिका, कर्मचारी आचारसंहितालगायतका विषयमा तालिम दिइएको थियो।

जिल्लाका ८१ मतदानस्थल गरी १७३ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको हो।

निर्वाचनमा खटिएर गइसकेपछि निष्पक्ष तरिकाले कसरी काम गर्ने वातावरण मिलाउने भन्ने विषयमा तालिम दिइएको मुख्य निर्वाचन अधिकृत दिलीपराज पन्तले बताए। नमूना मतदान अभ्यास पेटिकाअनुसार मतदान केन्द्रमा पुग्नुअघि र पुगिसकेपछि गर्नुपर्ने काम, मतदातालाई भोट हाल्ने तरिका, सुरुदेखि अन्तिमसम्म मतगणना, कस्ता व्यक्तिले भोट हाल्न पाउने–नपाउने, विषयमा तालिममा जानकारी गराइएको उनले बताए।

मुख्य निर्वाचन अधिकृत पन्त, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, माडी, रुन्टिगढी, त्रिवेणी गाउँपालिकाका निर्वाचन अधिकृतलगायतले तालिमको सहजीकरण गरेका थिए। अघिल्लोपटकको चुनावमा पनि मतदान अधिकृत भएर काम गर्ने अवसर पाएकाले यसपटकको तालिमले आफूलाई थप सजिलो बनाएको मतदान अधिकृत पूर्णबहादुर बुढामगरले बताए। पूर्णरूपमा निष्पक्ष, धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नमा आफू प्रतिवद्ध रहेको घर्तीले बताए।

रोल्पामा एक नगरपलिका र नौ गाउँपलिका रहेका छन्। जिल्लामा एक लाख ४५ हजार ४४४ मतदाता सङ्ख्या रहेको छ। महिला ७३ हजार ५१० र पुरुष ७१ हजार ९३५ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी ध्रिताकुमारी खत्रीले जानकारी दिएकी छिन्। रासस

प्रकाशित: २४ वैशाख २०७९ ०४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App