coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारतमा ठूलो परिणामको सुन चोरेर नेपाल आएका व्यक्ति पक्राउ

भारतबाट चोरी गरेर ल्याएको सुन र सुनसहित पक्राउ परेका अभियुक्त।

ठूलो परिमाणका सुनसहित नेपालगन्जमा एक व्यक्ति पक्राउ परेका छन्। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ एल गाउँ नजिकबाट प्रहरीले पक्राउ गरेको हो।  

पक्राउ पर्नेमा बझाङ जिल्ला जय पृथ्वी नगरपालिका वडा नम्बर १ पिमी कैलाश निवासी २८ वर्षीय अशोकबहादुर सिंह रहेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको टोलीले शंकास्पद तरिकाले हिडडुल गरिरहेका उनलाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार सिंह यही वैशाख १८ गते अन्दाजी बेलुका सवा ७ बजेतिर पक्राउ परेका थिए।  

उनको झोलाभित्र खान तलासी गर्दा सुन जस्तो देखिने पहेँलो पद्धार्थले बनेको हार, मंगलसुत्र, बाला, दाना, झुम्की, रामलिला, झाला, ब्रासलेट, कानपासा, औँठी, टप, फुली, टुक्राहरु पथ्थर र मालासहित विभिन्न प्रकारका सुनका गहना बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त सुनको तौल ८ सय २ ग्राम ७३ मिलि ग्राम रहेको र अन्दाजी ६२ लाख रुपैयाँ बराबरको रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक(डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए। प्रारम्भिक अनुसन्धानबाट यही वैशाख ४ गते भारतको बेङ्लोरस्थित सुन पसलबाट चोरी गरेर ल्याएको खुलेको उनले बताए। अनुसन्धानमा प्रभाव पर्ने भएकाले अन्य संलग्न व्यक्ति पक्राउ नपरेको र माल सामान धनीको नाम पनि गोप्य राखिएको प्रहरीको भनाई छ।

प्रकाशित: २० वैशाख २०७९ ०८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App