४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

तस्करीका स्वास्थ्य सामग्री बरामद

सशस्त्र प्रहरीले भारतबाट चोरी तस्करी गरी ल्याइएका औषधिलगायतका स्वास्थ्य सामग्री बरामद गरेको छ।

तस्करी गरी ल्याउँदै गर्दा विराटनगर–१५ स्थित पारिजातबाट २ सय ३५ प्याकेट सर्जिकल ब्लेड, २ हजार ७ सय ८० पिस प्रेग्नेन्सी टेस्ट किट र २ सय पिस अक्सिजन फेस मास्क बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले बताए। तस्करीमा संलग्न भने मोटरसाइकल लिएर फरार बनेको उनले बताए। बरामद गरिएका १ लाख ३० हजार ३ सय रूपैयाँ बराबरको सामग्री रहेको छ।  

त्यस्तै, भन्सार छलेर अवैध तरिकाले ल्याउँदै गरेको ८३ पिस कुर्त सलवार, १४ थान बाल्टिन र एक कार्टुन प्लाष्टिकको चम्चा तथा प्लेट विराटनगर–१६ दरैयाबाट बरामद गरिएको छ। जोगबनीबाट ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको ९५ हजार रूपैयाँ बराबरको कपडालगायतका तस्करीको सामान कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित: १९ वैशाख २०७९ १४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App