३ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

०८४ सम्म माओवादी सरकारमा जानुहुन्न : नेता बिडारी

नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले ०८४ सालभन्दा अघि पार्टी सरकारमा जान नहुने बताएका छन् ।

बुधबार नागरिकसँग संक्षिप्त कुराकानी गर्दै भने, '०८४ भन्दा अघि माओवादी सरकारमा जानैहुन्न । प्रधानमन्त्री नै पाए पनि जानहुन्न र ०८४ को निर्वाचन एक्लै लड्नुपर्छ ।'

अगाडि उनले भने, 'तर, यदि नयाँ सरकार बनाउनुपर्ने अवस्था आए पार्टीका मन्त्री हुन पल्केका केही नेताहरूले जोड गर्नेछन् र स्थायी समितिको निर्णय हो भनेपछि कुरै सकियो । म त त्यहाँ छैन । यस्तै हुन्छ, हेर्नुस् ।'

उनले माओवादीलाई प्राप्त जनमत सरकारमा जानका लागि नभएको समेत बताए । 

प्रकाशित: ३ पुस २०८१ १८:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App