२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मोरङको छुट्टा-छुट्टै स्थानमा २ जनाको मृत्यु

शुक्रबार मोरङको छुट्टा–छुट्टै स्थानमा २ जनाको मृत्यु भएको छ। पथरीशनिश्चेरमा ट्याक्टरको ठक्करबाट एक जना र लोहन्द्रा खोलामा डुबेर एक जनाको मृत्यु भएको हो।

पथरीशनिश्चेरमा पैदल हिँडिरहेका रतुवामाई नगरपालिका–२ इटहराका ४२ वर्षीय दिनेश भण्डारीको ट्याक्टरले ठक्कर दिँदा शुक्रबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ त २८३२ नम्बरको ट्याक्टरले राति ९ बजेतिर पथरीशनिश्चरे–३ आइतबारेस्थित भित्री सडक खण्डमा ठक्कर दिएको थियो। ट्याक्टरको ठक्करबाट घाइते भएका भण्डारीको उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी सडक काट्ने क्रममा ट्याक्टरले ठक्कर दिएको हो । ट्याक्टर र चालक पथरीशनिश्चरे–२ का २३ वर्षीय अमृत लिम्बूसँग चालक अनुमतिपत्र पनि नभएको र उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

त्यस्तै, बालुवा निकाल्ने क्रममा ग्रामथान गाउँपालिका–४ लोहन्द्र खोलामा डुबेर स्थानीय ३० वर्षीय वसन्त माझीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। उनका अनुसार बालुवा झिक्ने क्रममा शुक्रबार दिउँसो खोलामा डुबेका माझी मृत फेला परेको र शव पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० वैशाख २०७९ ०८:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App