११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

कालीगण्डकी बाढीले बगायो फर्सेको ८० घर

कालीगण्डकी नदीमा आएको बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से बस्तीमा करिब ८० घर बगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। 

सशस्त्र प्रहरी बल नेपालका अनुसार शनिबार रातिदेखि कालीगण्डकी नदीको बहाव बस्तीमा पस्न थालेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो। 

बाढीका कारण अन्य घरसमेत जोखिममा रहेको सूचना आएपछि स्थानीयका सामानसमेत सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। 

प्रारम्भिक सूचनाअनुसार स्थानीय बासिन्दा सुरक्षित स्थानमा रहेको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ११ आश्विन २०८३ १३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App