१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

सकियो विस्का जात्रा

भक्तपुरको विस्का जात्रा सोमबारबाट सकिएको छ। भक्तपुरको गहिटीमा रहेको भैरबनाथको रथ तान्ने क्रमको समाप्तिसँंगै नौ दिन लामो जात्रा सकिएको हो। जात्रा चैत २७ गतेबाट सुरु भएको थियो।  

जात्राको अन्तिम दिनलाई भैरबनाथको रथलाई डोरीको सहायताले तान्ने गरिन्छ। भैरबनाथको रथलाई तान्ने क्रमसँंगै सुरु भएको जात्रा यही रथ तान्ने क्रमको समाप्तिसँंगै समापन हुने परम्परा छ।

भैरबनाथको रथ काठैकाठबाट बनाइएको हुन्छ। करिब ३० फिट अग्लो तीनतल्ले यो रथ प्यागोडा शैलीमा बनाएको हुन्छ। रथमा चार वटा ठूल्ठूला काठकै पाँंग्राहरु हुन्छन्।  

जात्राको अन्तिम दिनलाई द्यो थाहा विज्याइगु अर्थात् देवता माथि सवारी हुने भनिन्छ। यस दिन भैरबनाथको रथलाई नगरको माथिल्लो टोल अर्थात थनेतिर लानुपर्ने परम्परा छ। तर हिजोआज दुवैतिर तान्दा जता लग्न सक्यो उतै लाने चलन छ। जता लगेपनि पछि फर्कार रथलाई टौमढीमा पुर्‍याइन्छ। यसपछि जात्रा सकिन्छ।  

भक्तपुरको विस्का जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ। साथै मध्यपुर थिमिमा मनाइने जिव्रो छेड्ने जात्रा, सिन्दुर जात्रा पनि उत्तिकै प्रख्यात छ। यसअघि जात्राको अन्तिम दिन सोमबार दिउँंसो हात नभएको ल्योसिंद्य (लिंगो) ढालिएको थियो। प्रत्येक वर्ष भक्तपुरको तालाक्व टोलमा पहिलो दिन चैत २७ गते विहान उठाइने ल्योसिंद्य जात्राको अन्तिम दिन वैशाख ५ गते दिउँंसो ढाल्ने गरिन्छ।

प्रकाशित: ५ वैशाख २०७९ १३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App