४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

पुल निर्माण गर्न बनाइएको खाल्डोमा परी बालकको मृत्यु, विपी राजमार्ग अवरुद्ध

सिन्धुलीमा विपी राजमार्ग अवरुद्ध गरिएको छ। पक्कि पुल निर्माण गर्न बनाइएको खाल्डोमा परी एक बालको मृत्यु भएपछि ठेकेदारलाई कारबाहीको माग गर्दै आइबार बिहानैदेखि विपी राजमार्ग अवरुद्ध गरिएको हो।

सिन्धुलीको कमलामाई नगरपालिका ४ ढुङग्रेबासबाट धुराबजार तर्फ जोड्ने गरी ग्वाङ खोलामा पक्कि पुल निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा एक १२ वर्षीय बालकको मृत्यु भएपछि मृतक बालकका आफन्त तथा स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन्।

पक्किल पुल गर्न खनेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर फिक्कल गाँउपालिका घर भई  कमलामाई नगरपालिका ५ बस्ने प्रकाश भुजेलका १२ वर्षीय छोरा सृयास भुजेलको मृत्यु भएको थियो। बालकको मृत्यु भएपछि कारबाहीको माग गर्दै मृतकका आफन्त तथा स्थानीयले विपी राजमार्ग अवरुद्ध गरेका हुन्।

विपी राजमार्गस्थित कमलामाई नगरपालिका ४ ढुङग्रेसबास चोक दुई नम्बर गेट चोक तथा हिरापानी चोकमा टायर बालेरै स्थानियले राजमार्ग अवरुद्ध गरेका छन्। राजमार्ग अवरुद्ध भएपछि पुर्वी तराईका विभिन्न जिल्ला हुदै काठमाडौँ आवात-जावत गर्ने यात्रु तथा सवारी बाटोमै अलपत्र परेका छन्। प्रहरीले भने राजमार्ग खुलाउने प्रयास भइरहेको जनाएको छ।

ठेकेदार प्रहरी नियन्त्रणमा रहेकाले ठेकेदार पक्ष र पीडित पक्षबीच वार्ता गराई राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। शनिबार विद्यालय छुट्टीको समयमा पौडी खेल्ने क्रममा बालकको पुल निर्माण स्थलमा खनिएको खाल्डोमा डुबेर मृत्यु भएको स्थानीयले जनाएका छन्। मृतक बालक जनता आवाशिय मावि रातमाटामा कक्षा ४ मा अध्ययनरत थिए।

ठेकेदार कम्पनीको गम्भिर लापरवाहीको कारण बालकको मृत्यु भएको भन्दै स्थानीयले हालसम्म शव बुझ्न मानेका छैनन्। निर्माण स्थलमा तारजाली वा घेराफेरा गर्ने र होडिङबोर्ड राख्ने काम समेत नगरी लापरवाहीका साथ खाल्डो खनेर खुल्ला छाड्दा बालक डुबेको स्थानीयको भनाइ छ। पुल निर्माणकोको जिम्मा सारस विल्र्डस कम्पनीले पाएको छ।

प्रकाशित: ४ वैशाख २०७९ ०३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App