१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

आगलागीमा परी एकको मृत्यु

आगलागीमा परी सिन्धुलीमा एकजनाको मृत्यु भएको छ। सिन्धुलीको सुनकोसी गाउँपालिका ३ स्थित पिपलडाँडा भन्ने स्थानमा खरबारीमा आगो लगाएर निभाउने क्रममा स्थानीय अन्दाजी ५२ वर्षीय एकुमबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

खरपाखामा डढेलो लगाउँदा आगो अनियन्त्रित भई फैलन थालेपछि निभाउने क्रममा आगोमा परी श्रेष्ठको मृत्यु भएको स्थानीयले जनाएका छन्। वैशाख १ गते नयाँ वर्षकै दिन पाखोमा आगो लगाउन गएका श्रेष्ठ घर नफर्किएपछि खोजतलास गर्ने क्रममा शुक्रबार स्थानीयले मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २ वैशाख २०७९ १४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App