१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

आगलागीबाट जलेर बालकको मृत्यु, तीन घर जलेर खरानी

आगलागीबाट जलेर खरानी भएको घर टोलाउँदै अग्निपीडित। तस्बिरः मिथिलेश÷नागरिक

सप्तरीको बोदेबरसाईन–१० अमरैया गाउँमा शुक्रबार दिउँसो भएको आगलागीमा एक जना बालकको जलेर मृत्यु भएको छ। सोही ठाउँका शत्रुधन यादवको ५ वर्षीय छोरा शैलेशकुमार यादवको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

आगलागीमा परेर शत्रुधन, मिन्टु यादव र ओम यादवको गोठ र गोठभित्र रहेको सबै सरसामान जलेर १२ लाख रुपैयाँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

शत्रुधनको गोठबाट अचानक सल्केको आगो फैलिएर छिमेकीहरु रघुनन्दन यादव र जागेश्वर यादवको १–१ वटा घर जलेको छ। रघुनन्दनको घर र घरभित्र रहेको सरसमान पूर्ण रुपमा जलेर ४ लाख र जागेश्वरको घर जलेर २० हजार रुपैयाँ बराबरको क्षति भएको डिएसपी काफ्लेले बताए।

बारुण यन्त्रको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीहरुले आगो नियन्त्रणमा लिइएको छ।

प्रकाशित: २ वैशाख २०७९ १४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App