१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आशिष स्मृति पत्रकारिता पुरस्कार भगीरथ भण्डारीलाई

पत्रकार भगीरथ भण्डारीलाई आशिष स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिँदै। तस्बिरः नागरिक

यसवर्षको आशिष स्मृति पत्रकारिता पुरस्कार इलामका पत्रकार भगीरथ भण्डारीलाई प्रदान गरिएको छ।

नेपाल पत्रकार महासंघ इलाम शाखाले स्थापना गरेको पुरस्कार सदरमुकाममा आयोजित समारोहमा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराललगायतले भण्डारीलाई हस्तान्तरण गरे।

इलामका पत्रकार आशिष राईको २०५९ साल वैशाख १ मा माइखोलामा डुबेर निधन भएको थियो। रेडियो नेपालका तत्कालीन संवाददाता रहेका आशिषको स्मृतिमा महासंघले पुरस्कार स्थापना गरेको हो।

यो पुरस्कार हरेक वैशाख १ मा साविक मेची अञ्चल (ताप्लेजुङ, पाँचथर, इलाम र झापा)का उदीयमान पत्रकारमध्ये १ जनालाई प्रदान गरिन्छ। पुरस्कृत भण्डारी राजधानी दैनिक, जनता टेलिभिजन र इलामको इलाम पोस्ट दैनिकलगायतमा आवद्ध छन्।

प्रकाशित: १ वैशाख २०७९ १२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App