१० असार २०८१ सोमबार
image/svg+xml
समाज

सीमा क्षेत्रमा काठ तस्करको बिगबिगी

नेपाल भारतको सीमा क्षेत्रमा काठ तस्करीको बिगबिगी बढेको छ। वन डिभिजन कार्यालयबाट खटिएका सहायक वन अधिकृत आनन्दशाहको नेतृत्वमा खटिएको टोलीले धमाधम अबैध काठ बरामद गरेपछि सीमा क्षेत्रमा काठ तस्करी भएको खुलासा भएको छ। 

बुधवार राती भारतबाट नेपाल भित्राईरहेको अवस्थामा ५७ क्युफिट अबैध काठ र सय क्यूफिट चिरान काठ भएपछि सदरमुकाम नजिकबाटै अवैध काठको तस्करी हुने गरेको पुष्टि भएको छ।

तस्कर आक्रमणमा उत्रेपछि थपमद्त लिएर अवैध काठसहित ट्याक्टर नियन्त्रण लिएको सहायक वन अधिकृत शाहले बताए।‘मेरो एरियामा तस्करी भईरहेको खबर थाहा पाउँदापाउँदै म निरह बनेको थिएँ,’उनले भने,‘ लगातारको प्रयास पछि काठ बरामदगर्न ज्यानको जोखिम भयो।’ 

तस्करको प्रतिकारले हाताहातहुने त्रासले डिभिजन वनकार्यालयमामद्त लिएर अवैध काठ नियन्त्रण लिएको उनले जानकारी दिए। यसअघि शाहकै सक्रियतामा कर्णाली समिलबाट अवैध काठ बरामद भएको हो। भारतीय सुरक्षाकर्मी र तस्करको मिलिमतोमा हुने अवैध कामले सर्वसाधारण त्रसित छन्।

भारतबाट अवैधरुपमा कर्णाली समिलमा भित्राउन थालेको गोलिया र चिरान काठ ठूलो परिमाणको काठ डिभिजन वन कार्यालयको टोलीले बरामद गरेको छ। डिभिजन वन कार्यालयका सहायक बन अधिकृत आनन्द शाहको नेतृत्वमा खटिएको टोलिले ५७ क्यूफिट र चिरान काठ बरामद गरेको हो।  

सहायक वन अधिकृत शाहको अनुसार एक जनासहित राति २ बजे काठ मिलमा छापा मारेर अवैध बरामद भएको छ। गुलरिया नगरपालिका खैरापुरस्थित रहेको कर्णाली समिलमा गत पुषमा भारतीय जंगलबाट लुकिछिपी भित्राएको भारी परिमाणको काठ बरामद भएको थियो।  

भारतीय सिमाना क्षेत्रमा रातभरी गाडी चल्ने गरेको नाम नखोल्ने सर्तमा एक स्थानीयले बताए। ‘रातभरी गाडी चल्छन्, सुत्न सकिदै’उनले भने,‘तर गाडीमा के ओसारछन् थाहा छैन।’ 

लामो समयदेखि भारतीय जंगलबाट विभिन्न जातका काठको तस्करी भईरहेको छ। पटक पटक भारतीय जंगलबाट समिलमा काठ ल्याईरहेको अवस्थामा बरामद हुँदाहुँदै सम्बन्धित निकायको कमजोरीले काठ तस्करी हुन रोकिएको छैन।

प्रकाशित: ३० चैत्र २०७८ १४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App