६ पुस २०८१ शनिबार
image/svg+xml
समाज

विपी राजमार्गमा मादक पदार्थ सेवन गरेर गाडी चलाएको भेटियो, १९ चालक नियन्त्रणमा

चालकहरुले लागु पदार्थ सेवन गरेर विपी राजमार्गमा सवारी चलाउने गरेको पाइएको छ । तुलनात्मकरुपमा साँधुरो विपी राजमार्गमा यात्रुवाहक सवारी चलाएका चालकहरुले लागु पदार्थ सेवन गर्ने गरेको सुरक्षा जाँचका क्रममा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।  

विपी राजमार्गमा लागु पदार्थ सेवन गरेर सवारी चलाएका १९ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले विपी राजमार्गका विभिन्न स्थानमा सवारी जाँचका क्रममा प्रहरीले १९ वटा सवारीका चालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडी बढाएको हो । विपी राजमार्गमा पर्ने गोलन्जोर गाउँपालिका वडा ०७ खुर्कोट माथिल्लो बजारस्थित राजमार्ग सडक खण्डमा जिल्ला प्रहरी कार्यालयको आयोजना तथा जिल्ला जन–स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा इलाका प्रहरी कार्यालय, खुर्कोट र अस्थाई ट्राफिक प्रहरी पोष्ट खुर्कोटबाट खटिएको संयुक्त टोलीले सवारी चालकको स्वास्थ्य परीक्षण गर्दा १२ जना सवारी चालकले लागु पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।  

शुक्रबार विपी राजमार्गमा ७३ वटा सवारी साधनका चालकहरुको स्वास्थ्य परिक्षणमा १२ चालकको लागु पदार्थ सेवन गरेको पाइएको थियो । उनीहरुलाई लागु औषध नियन्त्रण ऐन, बमोजिम कारर्वाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोबिन्दराज काफ्लले जानकारी दिए । उनका अनुसार शुक्रबार १२ जना र बिहीबार ७ जना लागु पदार्थ सेवान गरेर सवारी चलाएका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका चालकहरु जिप, हायस, बस र टिपरका चालकसमेत रहेको प्रहरीले जनाएको छ ।  

बिहीबार कमलामाई नगरपालिका ९ भिमान बसपार्कमा इलाका प्रहरी कार्यालय भिमान र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजना तथा जिल्ला जन–स्वास्थ्य कार्यालय सिन्धुलीको प्राविधिक सहयोगमा “समुदाय–प्रहरी साझेदारी कार्यक्रम“ अन्तर्गत जिल्ला ट्राफिक कार्यालयबाट चेकजाँच गर्दा ७ जना हायस तथा अन्य यात्रुवाहक सवारी चालकलाई लागु पदार्थ सेवन गरेर सवारी चलाएको पाइएपछि नियन्त्रणमा लिइएको छ ।  

राजमार्गका विभिन्न स्थानमा हामीले चालकहरुलाइ लापसे चेकजाँच गर्ने अभियान अगाडी बढाएका छौ, सोही अनुसार दुई दिनमा १९ जना चालक नियन्त्रणमा लिइएको हो, जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख इन्स्पेक्टर।ईश्वर बहादुर थापाले भने, यो प्रक्राउ परेका धेरै तराईका विन्नि जिल्लाबाट यात्रुसहित काठमाण्डौ आवातजावत गर्ने सवारीका चालक छन् । बिहीबार प्रहरीले ६५ सवारीमा लापसे चेकजाँच गर्दा ७ जनाले लागु पदार्थ सेवन गरेको पाइएको छ ।  

प्रकाशित: ५ पुस २०८१ १९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App