नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एक हप्ताभित्र नेकपा (एकीकृत समाजवादी) भित्रिने भएका छन् ।
बिहीबार गौतम र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको भेटमा यो सहमति भएको अभियानका नेता डीबी कार्कीले बताए ।
नेता कार्कीका अनुसार एकतापूर्व दुवै पार्टीका तर्फबाट दुई-दुई सदस्यीय कार्यदल बन्नेछ । उक्त कार्यदलले एकताको खाका तयार पार्ने र त्यहीअनुरूप एक हप्ताभित्र एकता हुने बताइएको छ ।
एकीकृत समाजवादीमा गौतमलाई तेस्रो वरीयता दिने गरी छलफल भइरहेको छ ।
यो पनि पढ्नुहोस्
वामदेव गौतमलाई भित्र्याउँदै एकीकृत समाजवादीप्रकाशित: ५ पुस २०८१ १९:४५ शुक्रबार