६ पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

रवि लामिछाने पक्राउपछि कहिले के भयो ?

पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले पनि हिरासतमै छन् ।

सहकारी ठगीसम्बन्धी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् ।

यसबीचमा उनलाई पोखरा, काठमाडौंसहित बुटवल, चितवन र पर्सा पुर्‍याएर सम्बन्धित सहकारीका रकम अपचलनसम्बन्धी बयान लिइएको थियो । दिनका हिसाबले लामिछाने पक्राउ परेको आज ६३ दिन भएको छ ।

यसबीचमा कहिले के भयो ? 

कात्तिक २ : काठमाडौंबाट राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ र पोखरा चलान ।

कात्तिक ४ : कास्की जिल्ला अदालतद्वारा पक्राउ परेको दिनदेखि लागु हुने गरी छ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति ।

कात्तिक ८ : कास्कीमै दोस्रो पटक सात दिन म्याद थप ।

कात्तिक २० : कास्कीमै तेस्रो पटक १० दिन म्याद थप ।

कात्तिक २५ : कास्कीमै चौथो पटक १३ दिन म्याद थप ।

कात्तिक २५ : अनुसन्धानका लागि पोखराबाट भैरहवा लगेर बयान

मङ्सिर ९ : कास्कीमै पाँचौँ पटक १५ दिन म्याद थप ।

मङ्सिर १३ : अनुसन्धानका लागि पोखराबाट काठमाडौं लगेर बयान ।

मङ्सिर १८ : अनुसन्धानका लागि काठमाडौंबाट चितवन लगेर बयान ।

मङ्सिर २३ : कास्कीमै छैटौँ पटक चार दिनका लागि म्याद थप ।

मङ्सिर २४ : अनुसन्धानका लागि पोखराबाट पर्सा लगियो ।

मङ्सिर २५ : पर्सामा बयान ।

मङ्सिर २६ : पर्साबाट काठमाडौं हुँदै पोखरा लगियो ।

मङ्सिर २७ : पाँच दिनका लागि कास्कीमा सातौँ पटक म्याद थप ।

पुस १ : प्रहरीद्वारा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस ।

पुस २ : जिल्ला अदालत कास्कीद्वारा चार दिनका लागि आठौँ पटक म्याद थप ।

प्रकाशित: ५ पुस २०८१ १९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App