२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

टिपरमा टाइमकार्ड लागु

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जिल्लाका राजमार्गमा टिपर गुडाउँदा तीव्र गति नियन्त्रण गर्न टाइम कार्ड लागु गरेको छ। चैत २२ गते मंगलबारदेखि लागु हुने गरी टाइम कार्डका लागि सडकखण्डअनुसार गतिको सीमा तोकेको हो।

उक्त गतिभन्दा बढी गतिमा टिपर गुडाएको पाइएमा कारबाही गर्न मातहतलाई निर्देशन दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए। उनले टिपर तथा निर्माण व्यवसायीसँग छलफल गरेर टाइमकार्ड लागु गराइएको बताए। बाँकेका राप्ती खोला, शम्शेरगन्ज, सम्झना, खजुरा र चिसापानीबाट टिपरचालकले अनिवार्य रूपमा टाइम कार्ड लिनुपर्ने भएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पनि आवश्यक व्यवस्था गर्न प्रहरीलाई निर्देशन दिने बताए।

प्रजिअ खत्रीले आफूले प्रहरीलाई आवश्यक व्यवस्था गर्न निर्देशन दिएको र सोहीअनुसार प्रहरीले टाइमकार्डको व्यवस्था गरेको जानकारी दिए। यस सम्बन्धमा पनि व्यवसायीसँगको छलफलमा कुरा उठेको र मौखिक सहमति भए पनि हाललाई टाइमकार्ड लागु गरेर परीक्षण गर्ने सहमति भएको शाहले जानकारी दिए। ‘टाइमकार्डले गति सीमित गरेपछि एक किसिमले उक्त मागको पनि सम्बोधन हुन्छ। यदि समस्या उस्तै रह्यो भने निश्चित समयमा रोक लगाउन सकिने गरी मौखिक सहमति भएको छ,’ शाहले भने। अब राजमार्ग तथा सहरभित्रका सडकमा निश्चित गतिभन्दा बढीमा टिपर गुडाएमा चोकहरूमा खटिएका प्रहरीले चेक गरेर कारबाही गर्न सक्ने उनले बताए।

प्रकाशित: २९ चैत्र २०७८ ०२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App