१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बिरामीको मृत्युपछि पद्मा अस्पतालमा तोडफोड

अत्तरियास्थित पद्मा अस्पताल प्रालिमा एक बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन्। गोदावरी नगरपालिका–३, मालाखेतीका ३८ वर्षीय विनोदकुमार बोहराको अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका हुन्।

आफन्तका अनुसार शुक्रबार राति बिरामी भएपछि बोहरालाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पतालमा ल्याइएको थियो। उपचारका क्रममै अस्पतालमै रहेका बोहरालाई शनिबार बिहान चिकित्सकले मृत्यु भएको घोषणा गरेपछि आक्रोशित आफन्तको भिडले अस्पतालमा तोडफोड गरेका हुन्। आक्रोशित भिडले अहिले अत्तरिया चोक बन्द गराएका छन्।

बन्दका कारण अत्तरियाबाट धनगढी, महेन्द्रनगर, पूर्व र पहाड रुटमा जाने सवारीसाधन ठप्प छन्। प्रहरीले आक्रोशित भिडलाई तितरवितर पार्न अश्रु ग्यास समेत प्रहार गरेको छ।

प्रकाशित: १९ चैत्र २०७८ ०६:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App