१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको राधेराधेमा भएको दुर्घटनामा परी एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका वडा नं. १ सिर्जनानगरस्थित बस पकेटमा राधेराधेबाट सल्लाघारीतर्फ आउँदै गरेको बा.४ ख.२००१ नं हेलम्बु यातायतको बसले सोही दिशातर्फ आउँदै गरेको प्रदेश नं ३–०२–००६ प ६११४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जिल्लाकै चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडाल बस्ने वर्ष ३६ को रमेश तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भइ उपचारको लागि नजिकैको डा.ईवामुरा अस्पताल सल्लाघारी ल्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। परिसरका सूचना अधिकृत राजु पाण्डेले दुर्घटनामा संलग्न दुवै सवारी साधन र बस चालक सिन्धुपाल्चोक पाँचपोखरी गाउपालिका वडा नं. ७ घर भइ हाल काठमाडौँ जिल्ला माकलबारी बस्ने वर्ष २८ को सागरविक्रम थापासमेत पक्राउ परेको जनाएको छ।

उनलाई महानगरीय प्रहरी वृत्त जगातीको नियन्त्रंणमा रहेको उनले जनाए। घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ। 

प्रकाशित: १२ चैत्र २०७८ ०७:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App