३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

भीमदत्त राजमार्ग अवरुद्ध

गन्यापधुरा  गाउँपालिका-१ साउँ खर्कमा पहिरो आउँदा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज दिउँसोदेखि अवरुद्ध भएको छ।

सडक माथिबाट आएको पहिराका कारण १२ बजेदेखि  राजमार्ग अवरुद्ध भएको जिल्ला  प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।  

सुख्खा पहिराले राजमार्ग अवरुद्ध भएपछि अहिले तराइबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेकासवारी साधनबीच बाटोमै रोकिएका छन्। सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने काम गरिरहेको स्थानीय पार्वती धामीले जानकारी दिए। रासस

प्रकाशित: ९ चैत्र २०७८ १२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App