१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पाटेबाघ मृत अवस्थामा फेला

पाटेबाघ मृत अवस्थामा फेला परेको छ। मधुवन नगरपालिका–१ स्थित जनजागृति सामुदायिक वनमा पाटेबाघ मृत अवस्थामा फेला परेको हो।

जैविकखाता मार्गमा पर्ने वनमा सोमबार पाटेबाघ मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले जानकारी दिए। उनका अनुसार मृत अवस्थामा फेला परेको पाटेबाघको १ हप्ता अगाडि नै मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।

फेला परेको बाघको दात खिइएकोले बुढो भएर प्राकृतिक रुपमा मृत्यु भएको हुन सक्ने प्राविधिकको अनुमान रहेको सूचना अधिकारी शर्माले जानकारी दिए। सो क्षेत्रमा पाटेबाघको धेरै चहलपहल हुने गर्दछ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट अन्तर्राष्ट्रिय खाता करिडोर हुँदै भारतको निकुञ्जतर्फ र भारतबाट बर्दिया राष्ट्रिय निकुञ्जतर्फ पाटेबाघको अवातजावत हुन्छ।

प्रकाशित: ७ चैत्र २०७८ १४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App