१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सामाजिक सुरक्षा भत्ता हिनामिना गर्ने सचिवसहित चार जनाविरुद्ध अख्तियारमा मुद्दा

सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले विशेष अदालत काठमाडाैंमा एक वडा सचिव सहित गोरखाका चार जनाविरुद्ध आरोप पत्र दायर गरेको छ।  

२०७३/७४ मा साविक हंसपुर र मुच्चोक गाविस हाल अजिरकोट गाउँपालिका वडा नम्बर ३ र ५ मा कार्यरत तत्कालीन गाविस सचिव दिपकबहादुर दर्जीले वडाको रकम हिनामिना गरेको उजुरीपछि अख्तियारले छानबिन गरेको हो। 

छानबिनका क्रममा वडा सचिव दर्जी, हेल्थ असिस्टेन्ट सुरेश दवाडी, तत्कालिन कार्यालय सहयोगी बिशाल बिक र साविक मुच्चोक गाविसका अहेब चन्द्रकान्त सुवेदी समेतको हस्ताक्षरबाट खाता संचालन भएको देखिएको छ। अख्तियारी चारै जनाविरुद्धको आरोप पत्र दायर गरेको प्रवाक्त श्यामप्रसाद भण्डारीले बताए।  

उनीहरुले तत्कालिन जिल्ला बिकास समितिमा सामाजिक सुरक्षा भत्ताको तेस्रो किस्ताको हिसाब नबुझाएको भेटिएको हो। सामाजिक सुरक्षा भत्ता बितरण गर्नका लागि चेक मार्फत रकम लिएको तर बितरण नगरेको अख्तियारले जनाएको छ। भष्ट्राचार निवारण ऐन २०५९ अनुसार निजहरुले कसुर गरेको पुष्टि भएकाले दर्जीलाई ६० लाख ९७ हजार छ सय रुपैयाँ बिगो कायम गरि मुद्धा दायर गरिएको छ।  

आरोपीतमध्ये दिपबहादुर दर्जी र शुरेस दवाडीको संयुक्त चेकबाट रकम निकाली बिशाल बिकको खातामा जम्मा गरि २७ लाख २३ हजार दुई सय हिनामिना गरेकाले दवाडी र बिकलाई जनही २७ लाख २३ हजारद दुई सय बिगो कायम गरि मुद्दा दर्ता गरिएको छ।

दर्जी सँग संयुक्त हस्ताक्षर गर्ने आरोपीत चन्द्रकान्त सुवेदीको हकमा ३३ लाख ७४ हजार चार सय रुपैयाँ बिगो मागदावी गरिएको छ। निजहरुले हानी नोक्सानी गरेको बिगो उनीहरुबाट असुलउपरको माग अख्तियारले गरेको प्रवक्ता भण्डारीले बताए।  

२०७४ साल साउन ३ गते वडा अध्यक्ष तयाराज गुरुङसँग तीन दिनको बिदा लिएर हिँडेका दर्जी अहिले सम्म सम्पर्कमा छैनन्। लामो समय सम्पर्कमा नरहेकै कारण रामाकोट २ स्याङ्जा घर भएका दर्जीको जागिर स्वत पदमुक्त भईसकेको छ।

प्रकाशित: २ चैत्र २०७८ १३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App