१६ चैत्र २०८० शुक्रबार
समाज

सरकारले माग्यो १ लाख म्यादी प्रहरी

चुनावका लागि सरकारले १ लाख म्यादी प्रहरी भर्ना आह्वान गरेको छ। निर्वाचन आयोगले चुनावको तयारी थालिरहँदा प्रहरी प्रधान कार्यालयले भने म्यादी प्रहरी भर्नाको आह्वान गरेको हो।  

मंगलबार प्रहरी प्रधान कार्यालयले दरखास्त आह्वान गर्दै चैत ६ बाट चैत ११ सम्म म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले दरखास्त दिन सक्ने जनाएकाे छ। 

म्यादी प्रहरीको फारम देशभरका जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका ३ वटा प्रहरी परिसरमा पाइने जनाइएको छ। सरकारले आगामी ३० वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोलेको हो।  

यसअघिको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएकाहरुलाई पनि प्राथमिकता दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

साधारण लेखपढ गर्न जानेकाहरूले म्यादी प्रहरीमा आवेदन दिन पाउनेछन्। मतदान केन्द्र र मतदान स्थलको सुरक्षाका लागि म्यादी प्रहरी आवश्यक पर्ने गर्दछन्। 

प्रकाशित: १ चैत्र २०७८ १३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App