१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

रौतहटमा भरुवा बन्दुक र सर्लाहीमा लागू औषधसहित दुई पक्राउ

रौतहट र सर्लाहीमा अवैध हतियार तथा लागू औषधसहित मानिसहरु पक्राउ परेका छन्।  

रौतहटको चन्द्रपुर नगरपालिका ६ हाथेमालो सामुदायिक उपभोक्ता बन समूहको नजिकबाट गस्तीमा रहेको प्रहरी टोलीले ४० वर्षीय इन्द्रबहादुर आले मगरलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट गस्तीमा रहेको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका आले मगरलाई चेकजाँच गर्दा भरुवा बन्दुक एक थान, भरुवा बन्दुकको नाल एक थान, भरुवा बन्दुकमा लाग्ने गोली तीन थान र छर्रा ३० थान बरामद भएपछि नियन्त्रणमा लिएको छ।

आले मगरलाई रौतहट जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यसैबीच भारतबाट नेपालतिर आइरहेका यात्रु तथा सवारी साधनलाई चेकजाँच गर्ने क्रममा सर्लाही प्रहरीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ। भारतको सोनवर्षा तर्फबाट अन टेस्ट २२० सिसिको पल्सर मोटरसाइकलमा नेपालतिर आइरहेका सर्लाहीको बागमती नगरपालिका ७ राजघाटका ३० वर्षीय उमेशकुमार साहलाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ।  

साहले बोकिराखेको टिनको बाकसभित्रबाट विभिन्न किसिका १०२ बोतल प्रतिबन्धित लागू औषध बरामद भएको छ। साहलाई थप अनुसन्धान गर्न सर्लाही जिल्ला अदालतबाट म्याद थप गराइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपि माधवप्रसाद बुढाथोकीले जानकारी गराएका छन्।

प्रकाशित: २३ फाल्गुन २०७८ १५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App