२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

कपिलवस्तुमा जिल्ला नागरिक आरोग्य समिति गठन

जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालको संयोजकत्वमा कपिलवस्तुमा जिल्ला नागरिक आरोग्य समिति गठन गरिएको छ। नागरिक आरोग्य कार्यक्रम संचालन निर्देशिका २०७६ अनुसार सो समिति गठन गरिएको हो।

समितिको सदस्य सचिवमा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रका प्रमुख प्रबेश श्रीवास्तव रहेका समितिका सदस्यहरुमा स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेय, शिक्षा विकास समन्वय ईकाईका प्रमुख थानेश्वर घिमिरे, स्वास्थ्य प्रतिनिधि कमल ज्ञवाली छन्। यस्तै समितिको आमन्त्रित सदस्यहरुमा कपिलवस्तु अस्पतालका मेसु डाक्टर किशोर बन्जाडे र पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य छन्। जिल्ला समन्वय समितितको तौलिहवा स्थित हलमा आयोजित कार्यक्रममा समितिका सदस्य सचिव श्रीवास्तवले नागरिक आरोग्य कार्यक्रम संचालन निर्देशिकाबारे जानकारी गराएका थिए।

नसर्ने रोगहरुविरुद्ध योग शिक्षा मार्फत ब्यापक जनचेतना फैलाउनका लागि समिति गठन गरिएको श्रीवास्तवले बताए। ‘अहिले गाउँ समाजमा नसर्ने रोगहरुले डरलाग्दो रुपमा देखा परेको छ’, उनले भने, ‘हामीले उपचारभन्दा यसलाई रोकथाम गर्न सक्नु पर्छ।’

यसअघि नै संघीय र प्रदेश स्तरीय समिति निर्माण भई सकेको छ। अब पालिका र वडा स्तरमा समेत नागकिर आरोग्य समिति गठन गरिने छ। सो अवसरमा समितिका संयोजक खनालले स्वास्थ्य जीवनका लागि राम्रो आहारबिहार, शारीरिक ब्यायाम लगातयका क्रियाकलाप जरुरी रहेको बताए। उनले रोग लाग्नभन्दा रोगका बाटो छेक्नु नै उत्तम रहेको बताए।

प्रकाशित: २३ फाल्गुन २०७८ १४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App