१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

निस्सासिएर दुई जनाको मृत्यु

ठाँटीकाध गाउँपालिका–१ पिपलचौकमा आगजनीबाट निस्सासिएर दुई जनाको मृत्यु भएको छ। चुलो नजिक आगो बालेर बिहीबार साँझ सुतेका आमाछोरा शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्। मृत्यु हुनेमा ४० वर्षकी हरिकला बादी र १८ वर्षका छोरा रमेश बादी रहेका छन्।

स्थानीय एक बालिकाले शुक्रबार दिउँसो घरभित्रबाट धुँवा आएको देखेपछि स्थानीयहरुलाई खवर गरेकी थिइन्। स्थानीयहरु गएर हेर्दा ओछ्याउनै सबै जलेको र आमाछोरा मृत अवस्थामा फेला पारेका थिए। एकान्तमा घर भएकाले घटनाका बारेमा स्थानीयहरुले ढिलो थाहा पाएका थिए।

चुलो छेउमा परालको गुन्द्री र बाक्लो ओछ्याउने डसनामा आगोले जलेको दैलेखका प्रहरी प्रमुख डिएसपी भुवनेश्वर साहले बताए। ‘मृतकको हात र खुट्टा जलेको अवस्थामा रहेको छ,’ डिएसपी साहले भने, ‘मृत्यु के कारण भयो। पोष्टमार्डम रिर्पोटपछि मात्र खुल्नेछ।’

प्रहरीका अनुसार कोठाभित्रको भाग जलेको र बाहिर नजलेको अवस्था देखिएको छ। जिल्ला प्रहरी कार्यालयबाट र दुल्लु ईलाका प्रहरी कार्यालयबाट अनुसन्धानका लागि प्रहरी टोली खटिएको छ। डिएसपी साह आफै घटनास्थलमा पुगेका छन्।

मृतक हरिकलाका श्रीमान ६ वर्षअघि मृत्यु भएको थियो भने छोरीको पनि ५ वर्षअघि विहेवारी भईसकेको छ। घरमा छोरासहित उनी एक्लै बस्ने गरेको स्थानीयहरुले बताए।

प्रकाशित: २० फाल्गुन २०७८ ११:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App