१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

'परम्परागत सिपलाई आधुनिकता दिनु आवश्यक'

परम्परागत सिपलाई आधुनिकता दिनु आवश्यक रहेको भक्तपुरमा भएको कार्यक्रमका सहभागी व्यवसायीहरुले बताएका छन्। भक्तपुर उद्योग बाणिज्य संघको आयोजना तथा मोर्डर युथ फर सोसाईटी र योङ आन्टरपेनर सर्कलको सहआयोजनामा बिहीबार यहाँं भएको युवा व्यवसायीहरूको लागि अभिमुखीकरण कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन्।  

'सामाजिक र व्यवसायिक परिवर्तनको लागि युवाको भूमिका आजको आवश्यकता रहेको छ', वरिष्ठ परामर्शदाता तथा लायन्स क्लब इन्टरनेशनलका डिष्टिक्ट ३२५ जी का गभर्नर उत्तम झाले भने, 'परम्परागत सिपलाई आधुनिकता दिई श्रमको सम्मान गर्न अहिलेको आवश्यकता हो।'

युवा जनशक्ति अहिलेको समस्याको विषय भएकोले उपलब्ध जनशक्तिलाई आर्थिक श्रेत्रमा सक्रिय हुनुपर्नेमा झाले जोड दिए। आफ्नो अनुभव सुनाउने क्रममा व्यवसाय गर्न धैर्य र ज्ञानको आवश्यकता भएको उनले बताएका थिए। साथै संघको भूमिका तथा उपस्थितिकाबारेमा पनि प्रकाश पारेका थिए।

संघका अध्यक्ष शिवप्रसाद मानन्धर, मोडर्न युथ फर सोसाइटी तथा योङ सर्कलका अध्यक्ष रोहित मानन्धर, मोडर्न युथ फर सोसाइटीका संस्थापक एवं संघका वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबन्जालगायतले संस्थाले युवाहरूको निम्ति अवसर सिर्जना गरी व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउन आफूहरु हरदम तयार रहेको बताए।

प्रकाशित: १९ फाल्गुन २०७८ ०९:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App