५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सडक दुर्घटना बढेपछि प्रदेश १ को चार जिल्लामा टाइम कार्ड लागु

दुर्घटना बढेसँगै मानवीय र भौतिक क्षति बढेपछि इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले चार जिल्लामा टाइम कार्ड कार्यान्वयनलाई कडाई गरेको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयको पहलमा बुधबार सरोकारवालाहरुबीच दुर्घटना न्युनीकरणबारे छलफल भएको भोलीपल्ट (बिहिबार)देखि ट्राफिक प्रहरीले टाइम कार्ड लागु गरेको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता एवं डिएसपी सुमन तिम्सिनाका अनुसार तत्काललाई झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लामा पुनः टाइम कार्ड लागु गरिएको हो। ‘टाइम कार्ड पहिला पनि थियो, तर कोभिडको कारण ब्रेक भयो,’ उनले भने, ‘आजदेखि ४ जिल्लामा टाइम कार्ड शुरु गरिएको छ, विस्तारै चेक पोइन्टहरु थप्दै लैजान्छौ।’

डिएसपी तिम्सिनाका अनुसार तत्काललाई चार जिल्लाका पर्ने पुर्वपश्चिम राजमार्ग, कोशी राजमार्गमा टाइम कार्ड लागु हुनेछ। यी राजमार्गका १० स्थानमा चेकपोइन्ट राखिएको पनि डिएसपी तिम्सिनाले बताए। विगतमा भने १९ वटा चेक पोइन्ट थियो। ‘विस्तारै जनशक्ति व्यवस्थापन गरेर चेकपोन्ट थप गर्छौ, आवश्यकता अनुसार कति पोइन्टलाई थप घट हुन्छ,’ उनले भने।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सुनसरीमा सडक दुर्घटनाको अवस्था भयावह भएपछि न्युनीकरण गर्न सरोकारवालाहरुसँग छलफल गर्दा टाइम कार्डलाई पुर्णरुपमा कार्यान्वयन गर्नुपर्ने पनि निष्कर्षमा आएको बताए।

 ‘छलफलमा विविध समस्याबारे कुरा उठेको छ, ती विषयहरुलाई कतिसम्म गर्न सकिन्छ भनेर समन्वय गर्दैछौ,’प्रजिअ यादवले भने,‘टाइम कार्ड पहिला पनि लागु भएको रहेछ, अब फेरि व्यवस्थित गर्न समन्वय गदैर्छौ।’

प्रकाशित: २७ माघ २०७८ १३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App