२० श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

फिफा विश्वकप : मेसीको गोलसँगै जोर्डनविरुद्ध अर्जेन्टिना ३-१ गोलले अगाडि

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा जोर्डनविरुद्ध अर्जेन्टिनाले अग्रता कायमै गरेको छ।

सुरुवातमै २-० गोलको अग्रता लिएको अर्जेन्टिनाले जोर्डनविरुद्ध ३-१ गोलअन्तरले अग्रता कायमै गरेको हो। खेलको ८०औं मिनेटमा लियोनेल मेस्सीले गोल गरेका थिए। 

यस्तै, ५५औं मिनेटमा जोर्डनका मुसा अल्तामारी गोल गर्दै खेललाई २-१ मा ल्याएका थिए।

डलास रंगशालामा जारी खेलको ३१औं मिनेटमा लाउटारो मार्टिनेज पेनाल्टीमार्फत गोल गर्दै जोर्डनविरुद्ध अर्जेन्टिनाको सुरुवाती अग्रता कायमै गरेका थिए। यस्तै, १९औं मिनेटमा जियोभानी लो सेल्सोले पहिलो गोल गर्दै जोर्डनविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।

समूह जे को यो खेलमा जोर्डनविरुद्ध अर्जेन्टिना ३-१ गोल अन्तरले खेलिरहेको छ।

प्रकाशित: १४ असार २०८३ ०९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App