२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गहुँ खेतमा युवतीको शव भेटियो

शव देखिएपछि खैलाबैला

रौतहटमा एक गहुँ खेतमा युवतीको शव भेटिएको छ। गहुँ खेतमा युवतीको शव देखिएपछि खैलाबैला मच्चिएको छ।

रौतहटको ईशनाथ नगरपालिका ४ मठिया गाउँको छेउमा गहुँ खेतमा ईशनाथ नगरपालिका ९ लौतना गाउँकी युवतीको शव बुधवार भेटिएको हो। स्थानीय शेख कलामकी १९ वर्षीया छोरी चाँदनी खातुनको हत्या गरी गहुँ खेतमा फालिएको अवस्थामा भेटिएपछि खैलाबैला मच्चिएको हो।

युवती चाँदनी खातुनको मुखमा कपडा कोचेर घाँटी थिचेर हत्या गरिएको अवस्थामा गहुँ खेतमा शव भेटिएको जिलल प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशील पाण्डेले जानकारी गराएका छन्।  

युवतीको गत वर्ष ईशनाथ नगरपालिका ९ घिउरा गाउँका २२ वर्षीय फैयाद धुनियासित मुस्लिम परम्पराअनुसार निकाह भएको थियो। गौना नभएकोले माइतीमा नै रहँदै आएकी खातुनलाई मंगलवार साँझ भेट्नलाई बोलाएका थिए। श्रीमान्लाई भेट्न गएकी युवतीको भोलिपल्ट गहुँ खेतमा शव भेटिएपछि सबैतिर खैलाबैला मच्चिएको छ।

पीडित परिवारले युवक फैयादलाई नियन्त्रणमा लिएर कारबाही गर्न प्रहरीसित आग्रह गरेको छ।  मृतक युवतीको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पु¥याइएको छ। युवतीको हत्या गम्भीर प्रकृतिको अपराध भएकोले रौतहट प्रहरीले त्यसै अनुसारको अनुसन्धान गरिरहेको जिल्ला प्रहरीले बताएको छ।

प्रकाशित: २६ माघ २०७८ १३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App