१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सर्लाहीमा बस र ट्रयाक्टर एक आपसमा ठोक्किदा २५ घाइते

सर्लाहीमा बस र ट्रयाक्टर एक आपसमा ठोकिएर दुर्घटना हुदा २५ जना यात्रु घाइते भएका छन्। स्थानीय हरिवन नगरपालिका ९ सुखेपोखरीस्थित पूर्व पश्चिम लोकमार्गमा बिग्रेर रोकी राखेको ज २ त ७८१ नम्बरको उँखु लोड ट्रयाक्टरमा भैरहवाबाट विराटनगर तर्फ आउँदै गरेको लु २ ख ४७५७नम्बरको यात्रु बाहक बस ट्रयाक्टरको पछाडीबाट ठोक्किँदा बसमा सवार ३९ जना मध्ये २५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  

बिहान ४ बजेको ट्रयाक्टरमा ठेक्किर समान्य घाइते भएकाहरु १८ जनाको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको र अन्य सातजनाको बिरगन्ज तथा भरतपुर अस्पतालमा रेफर गरिएको सर्लाही प्रहरीले जनाएको छ। बस र ट्रयाक्टर प्रहरीको नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अगाडी बढाएको सर्लाहीका प्रहरी प्रमुख कृष्ण प्रसाइले बताए।

प्रकाशित: १४ माघ २०७८ ०५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App