१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

बीस वर्षपछि काजकिरिया

तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा तनहुँमा मृत्यु भएका गोरखाका श्रीराम खनालको २० वर्षपछि काजकिरिया गरिएको छ। खनालका परिवारले आज देवघाटमा हिन्दू धर्मअनुसार उनको दाहसंस्कार गरी काजकिरिया सुरु गरेका हुन्।

विसं २०५८ माघ २३ गते साबिक छाङ गाविस–९ को साउनेपानीमा श्रीरामको हत्या गरिएको बताइएको छ। गोरखाको साबिक ताक्लुङ गाविसका खनालको परिवार हाल चितवनको रत्ननगरमा बस्दै आएको छ। मृतक श्रीरामका दाइ हरिश्चन्द्रका अनुसार यस बीचमा धार्मिक परम्पराअनुसार दाइको काजकिरिया गर्ने निर्णय भए पनि विभिन्न कारणले गर्न नसकिएको हुँदा अहिले आएर दाहसंस्कार र काजकिरिया गरिएको हो।

मृतक माइला दाइ ईश्वरीप्रसाद खनाल भाइको किरिया बस्नेका छन्। तत्कालीन नेकपा (माओवादी)को तनहुँ जिल्ला कमिटीको सदस्य रहेका श्रीरामको पार्टीको बैठकका क्रममा मृत्यु भएको जनाइएको छ। उनी अविवाहित रहेका थिए।

प्रकाशित: १२ माघ २०७८ ०७:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App