१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जिल्ला प्रशासनको सेवा एक साताका लागि अवरुद्ध

जिल्ला प्रशासन कार्यालयले दैनिक दिने सेवा एक साताका लागि अवरुद्ध गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालयका अधिकांश कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासन कार्यालयले दिने सेवा एक साताका लागि अत्यावश्यकबाहेका सम्पूर्ण सेवा बन्द हुने प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ। सोमबारदेखि आइतबारसम्म अत्यावश्यकबाहेक सबै बन्द भएको प्रशासकीय अधिकृत नारायण ढकालले बताए। ‘कोरोना संक्रमण फैलिन नदिन यस कार्यालयबाट कर्मचारी खटिनु भयो’, उनले भने,‘फ्रन्टलाईमा काम गर्नु भएको कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।’

प्रशासनका २४ जना कर्मचारीमध्ये १८ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए। सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मासहितका कर्मचारीमा संक्रमण पुष्टि भएको हो। संक्रमित कर्मचारी होमआइसोलेसनमा बसेको ढकालले बताए।

प्रकाशित: १० माघ २०७८ १३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App